काठमाडौं– अनेकौं विवादास्पद प्रकरण सार्वजनिक भएपछि श्रम मन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनारको शपथ रोकिसँगै अर्का मन्त्रीमा सिफारिस एकजनाको पनि शपथ रोकिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीका सिफारिस भएका गणपतिलाल श्रेष्ठको पनि शपथ नहुने भएको छ ।
भूमिसम्बन्धी मुद्दा विचाराधीन रहेको विषय बाहिरिएपछि उनको पनि प्रधानमन्त्री कार्यालयले सिफारिस रोकेसँगै आज शपथ नहुने भएको हो।
यसअघि अनेकौं विवादास्पद प्रकरण सार्वजनिक भएपछि श्रम मन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनारको पनि शपथ रोकिएको थियो ।
यससँगै आज दुई मन्त्रीको मात्रै शपथ हुने भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
प्रतिक्रिया