राजीनामाको तयारीमा एसएसपी अधिकारी

सोमबार, १० कार्तिक २०८२, ०९ : १७

काठमाडौं- डिआइजी बढुवामा अन्याय गरिएको भन्दै एसएसपी विश्व अधिकारीले राजीनामा  दिने तयारी गरेका छन् । बढुवा नियुक्तिमा पहिलो नम्बरमा रहेका उनलाई जेनजी आन्दोलनमा दमन गरेको भन्दै डिआइजी बढुवामा छुटाइएको छ ।

आइतबार गृह मन्त्रालयले ५ एसएसपीलाई डीआईजी बढुवा सिफारिस गर्दा अधिकारी छुटेका हुन् । उनी जेनजी आन्दोलनका क्रममा काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका थिए ।

जेनजी आन्दोलनमा भएको दमनको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले छानबिन नगर्दै आफूलाई अन्यायपूर्वक बढुवा नगरिएको गुनासो अधिकारीले आफू निकटसँग गरिरहेका छन् । बढुवामा विभेद गरिएको भन्दै असन्तुष्ट रहेका उनले राजीनामा दिने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ ।

 
सोमबार, १० कार्तिक २०८२, ०९ : १७

प्रतिक्रिया