देउवा दम्पती आज सिंगापुर जाँदै

सोमबार, १० कार्तिक २०८२, १२ : १८

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पार्टीकी केन्द्रीय सदस्य आरजु राणा देउवा थप उपचारका लागि सिंगापुर जाने भएका छन् । जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा सभापति देउवा र तत्कालीन परराष्ट्रमन्त्री आरजु राणामाथि प्रदर्शनकारीहरूले आक्रमण गरेका थिए ।

आक्रमणमा सभापति देउवाको घाँटी र टाउकोमा चोट लागेको थियो भने आरजु राणालाई लछारपछार गरिएको थियो । त्यस दिन नेपाली सेनाले उद्धार गरी दुवैको प्रारम्भिक उपचार गरेको थियो । देउवा थप उपचारका लागि सिंगापुर जान लागेका हुन् । 

आज राति ९ बजे देउवा पत्नि आरजु राणासहित थप उपचारका लागि सिंगापुर जान लागेका हुन् ।

 
सोमबार, १० कार्तिक २०८२, १२ : १८

प्रतिक्रिया