गरिमा विकास बैंकले तोक्यो बुक क्लोज मिति, कार्तिक १८ गतेसम्म कायम सेयरधनीले लाभांश पाउने

सोमबार, १० कार्तिक २०८२, १३ : १८

काठमाडौं- गरिमा विकास बैंक लिमिटेडले आगामी वार्षिक साधारणसभा र लाभांश वितरणका लागि कार्तिक १८ गते बुक क्लोज मिति निर्धारण गरेको छ।

बैंकको कार्तिक २ गते बसेको सञ्चालक समितिको ३३५औं बैठकले उक्त मिति तय गरेको हो। यस अनुसार कार्तिक १७ गतेसम्म नाम दर्ता भएका सेयरधनीहरू मात्र बैंकले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

आर्थिक वर्ष २०८०/८१ का लागि बैंकले कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश (करसहित) समावेश छ। उक्त प्रस्ताव अनुमोदनका लागि बैंकले कार्तिक २७ गते पोखरामा वार्षिक साधारणसभा आह्वान गरेको छ।

सोमबार, १० कार्तिक २०८२, १३ : १८

प्रतिक्रिया