डिलर सञ्जाल विस्तारमा आक्रामक बन्दै जिली एक्स ५, बुटवल र विराटनगरका शोरुम एक महिनाभित्र सञ्चालनमा आउने

मंगलबार, ११ कार्तिक २०८२, १२ : २४

काठमाडौं– विश्वप्रसिद्ध जिली एक्स ५ को नेपालका लागि आधिकारीक आयातकर्ता एवं वितरक एलआरआर मोटर्सले डिलरशीप विस्तारको आक्रामक योजना सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले आगामी एक वर्षभित्र नेपालभरी १४ वटा डिलर नियुक्त गर्ने जनाएको छ ।

देशका सातै प्रदेशमा दुई–दुईवटा डिलरशिप शो–रुम स्थापना गर्ने कम्पनीको योजनाले जिली एक्स ५ मोडेलप्रति नेपाली उपभोक्ताको बढ्दो आकर्षणका साथै देशैभरी सहज रूपमा प्रिमियम गुणस्तरको इलेक्ट्रिक मोबिलिटी उपलब्ध गराउने कम्पनीको दृढ प्रतिबद्धतालाई पनि झल्काएको छ । 

देशभित्रका सम्पूर्ण ग्राहकहरूलाई गाडीको बिक्री, सेवा तथा स्पेयर पाट्र्समा सहज पहुँच सुनिश्चित गराउने उदेश्य बोकेको यस योजनाले एलआरआर मोटर्सलाई नेपालको सबैभन्दा ठूलो र विश्वासिलो मध्येको एक अटोमोबाइल कम्पनीको रुपमा विकसित गराउने यात्राको थालनी पनि गराएको छ ।

कम्पनीले रणनीतिक विस्तारको पहिलो चरणअन्तर्गत विराटनगर र बुटवलका डिलरहरू नियुक्त भइसकेका, र तिनका शो–रुम तथा सर्भिस केन्द्रको उद्घाटन आगामी एक महिनाभित्र हुने जानकारी दिएको छ । यी नयाँ शोरुमहरुले जिलीको विश्वब्यापी मापदण्डअनुरुप ग्राहकहरूका लागि सवारीसाधन प्रदर्शन, टेस्ट ड्राइभ, फाइनान्सिङ सुविधा, बिक्रीपछिको सेवा र जेनुइन स्पेयर पाट्र्स गरी समष्टिगत सेवा उपलब्ध गराउने छन् ।

“सम्पूर्ण नेपालीहरुको घरदैलोसम्म नै जिली एक्स ५ प¥याउने उदेश्यका साथ हामीले देशव्यापी डिलरशिप विस्तारको पहिलो चरणको योजना घोषणा गरेका हांै,” एलआरआर मोटर्सका निर्देशक जीवन जङ्ग शाही भन्छन्, “हामीलाई विश्वास छ कि बिराटनगर र बुटवलमा नयाँ डिलर शोरुमा सञ्चालनमा आएपछि ग्राहकहरूले हाम्रो ब्रान्डको गुणस्तर, विश्वसनियता र नवप्रवर्तनको वाचा आफ्नै शहरमा प्रत्यक्ष रूपमा अनुभव गर्नेछन् ।”

नेपालमा भित्रिएको छोटो समयमै जिली एक्स ५ ले नेपाली ईभी पारखीहरुको मन जितिसकेको छ भने यसको अत्याधुनिक डिजाइन, प्रिमियम इन्टेरियर, अतुलनीय सुरक्षा विशेषता र प्रभावकारी रोड पर्फमेन्सका कारण नेपालीहरूमाझ यसको लोकप्रियता बढ्दै गएको छ ।

एलआरआर मोटर्सका बिक्री विभाग प्रमुख अधिर श्रेष्ठका अनुसार, कम्पनीले यो विस्तार योजना देशभरका ग्राहक र सम्भावित डिलरहरूबाट प्राप्त अत्यधिक सोधपुछ र चासोको प्रतिक्रिया स्वरूप तयार गरेको हो ।

“हामीलाई देशका विभिन्न भागबाट प्रत्यक्ष फोन र सामाजिक सञ्जालमार्फत जिली एक्स ५ बारे थप जानकारी लिन र किन्ने इच्छाका बारेमा धेरै सोधपुछहरू प्राप्त भइरहेका छन्,” उनले थपे । 

कम्पनीले निकट भविष्यमै अन्य विभिन्न स्थानहरुमा पनि नयाँ डिलर नियुक्त गर्दै शोरुमको स्थापना गर्दै जाने बताएको छ । 
 

 
मंगलबार, ११ कार्तिक २०८२, १२ : २४

प्रतिक्रिया