काठमाडौं– जेनजी आन्दोलनको छानबिनका लागि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले केपी शर्मा ओलीसहित ५ जनाको राहदानी रोक्का गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
आज मंगलबार अधिवक्ता प्रेमराज सिलवालले ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालको राहदानी रोक्का र स्थान हद तोकेकोविरुद्ध रिट दायर गरेका हुन्।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिनका लागि गठित कार्की नेतृत्वको जाँचबुझ आयोगको निर्णय विरुद्ध अधिवक्ता प्रेमराज सिलवालले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
प्रतिक्रिया