इक्रा नेपालले मंसिर ३ गते बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने

मंगलबार, ११ कार्तिक २०८२, १३ : १६

काठमाडौं- इक्रा नेपाल लिमिटेडले आगामी मंसिर ३ गते वार्षिक साधारणसभा बोलाएको छ।

कम्पनीको सभामा लाभांश वितरणदेखि लिएर सञ्चालक समिति निर्वाचन लगायतका एजेन्डामाथि छलफल हुनेछ।

सभामा प्रस्तुत हुने प्रमुख प्रस्तावहरूमध्ये हाल कायम चुक्ता पूँजीको ४७.३१ प्रतिशतका दरले ३ करोड ४० लाख ६४ हजार २१९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव मुख्य रहेको छ। उक्त लाभांशमा कर प्रयोजनार्थ रकम समेत समावेश हुनेछ।

सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी स्वीकृति प्रदान गर्ने, सोही आर्थिक वर्षको लेखापरीक्षक प्रतिवेदनसहितको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, सञ्चालक समितिले सिफारिस गरेको ४७.३१ प्रतिशत नगद लाभांश स्वीकृत गर्नेछ । 

यस्तै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, नियमावलीको नियम २७ अनुसार सञ्चालक समिति निर्वाचन गर्नेछ । 

सभामा विशेष प्रस्तावका रूपमा सञ्चालक समितिको बैठक भत्ता वृद्धि गर्ने विषय पनि प्रस्तुत गरिने भएको छ।

साधारणसभाबाट स्वीकृत भएपछि कम्पनीले हालका सेयरधनीहरूलाई लाभांश वितरण गर्नेछ।

 
मंगलबार, ११ कार्तिक २०८२, १३ : १६

प्रतिक्रिया