काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा कुल ६७ खर्ब ८५ अर्ब ६० करोड रूपैयाँ तरलता प्रशोचन गरेको छ।
यस अवधिमा केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ४ खर्ब ७४ अर्ब ३५ करोड र स्थायी निक्षेप सुविधामार्फत ६३ खर्ब ११ अर्ब २५ करोड गरी कुल ६७ खर्ब ८५ अर्ब ६० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको छ। गत वर्ष सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणमार्फत कुल ४४ खर्ब ७६ अर्ब ४५ करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरिएको थियो।
समीक्षा अवधिमा नेपाल राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाटअमेरिकी डलर १ अर्ब ६ करोड खुद खरिद गरी १४९ अर्ब ४२ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरेको छ।अघिल्लो वर्षको सोही अवधिमा बैंकले अमेरिकी डलर ८३ करोड ४७ लाख खुद खरिद गरी १११ अर्ब ९७ लाख रुपैयाँ बराबरको तरलता प्रवाह गरेको थियो।
यस्तै, चालु समीक्षा अवधिमा राष्ट्र बैंकले अमेरिकी डलर ३८ करोड बिक्री गरी ५३ अर्ब २४ करोड रुपैयाँ बराबरको भारतीय रूपैयाँ खरिद गरेको छ। गत वर्ष सोही समीक्षामा बैंकले अमेरिकी डलर ५६ करोड बिक्री गरी ७५ अर्ब ३९ करोड रुपैयाँ बराबरको भारतीय रूपैयाँ खरिद गरेको थियो।
प्रतिक्रिया