एभरेष्ट बैंकको साधारणसभा कात्तिक १२ गते बस्दै, लाभांश पारित हुने

मंगलबार, ११ कार्तिक २०८२, १४ : १९

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारणसभा भोलि कात्तिक १२ गते भाटभटेनीस्थित आम्रपालि बैंक्वेटमा बिहान ११ बजेदेखि बस्दैछ।

बैंकको सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २० प्रतिशत लाभांश पारित गर्नेछ।

त्यसैगरी गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्ने र आवश्यकता अनुसार बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नेछ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २४ गते एक दिन बुक क्लोज गरेको थियो । यसर्थ असोज २३ गतेसम्म नेप्सेमा कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

 
मंगलबार, ११ कार्तिक २०८२, १४ : १९

प्रतिक्रिया