काठमाडौं- रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको छैठौं वार्षिक साधारणसभा आज कात्तिक १२ गते पुरानो बानेश्वरस्थित मानसरोबर पार्टी प्यालेसमा दिउँसो १ बजेदेखि बस्दैछ।
सभाले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ।
कम्पनीले आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव सभाका लागि समावेश गरेको छैन ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले गत असोज २७ गते बुक क्लोज गरेकोले असोज २६ गतेसम्म कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन सक्नेछन्।
प्रतिक्रिया