एनएमबि बैंकको कार्ड सेवा अस्थायी रूपमा अवरुद्ध हुने

बुधबार, १२ कार्तिक २०८२, ११ : ५४

काठमाडौं- एनएमबि बैंक लिमिटेडको कार्डसम्बन्धी सेवा अवरुद्ध हुने भएको छ ।

बैंकले कार्ड प्रणाली सम्बन्धी मर्मत कार्य गर्न लागेका कारण केही समयका लागि कार्डसम्बन्धी सेवा अवरुद्ध हुने जानकारी दिएको छ । जसमा कात्तिक १४ गते शुक्रबार साँझ ८ बजेदेखि कात्तिक १५ गते शनिबार दिउँसो ४ बजे बैंकसम्म कार्ड, एटीएम, पीओएस र ई–कमर्स सेवा अस्थायी रूपमा बन्द हुनेछन् ।

यस समायावधिमा ग्राहकहरूले बैंकबाट जारी गरिएका कार्डमार्फत एटीएम, पस तथा अनलाइन भुक्तानी सेवाहरू प्रयोग गर्न पाउने छैनन् ।

बैंकले असुविधाको लागि क्षमायाचना गर्दै यस अवधिमा ग्राहकहरूलाई मोबाइल बैंकिङ लगायतका वैकल्पिक भुक्तानी माध्यमहरू प्रयोग गर्न अनुरोध गरेको छ ।

notice

 
 
बुधबार, १२ कार्तिक २०८२, ११ : ५४

प्रतिक्रिया