एभरेष्ट बैंकको ३१ औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश वितरण प्रस्ताव पारित

विहीबार, १३ कार्तिक २०८२, ११ : १९

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडको ३१ औं वार्षिक साधारणसभा मिति कार्तिक १२ गते बुधबार सम्पन्न भएको छ । 

सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । 

उक्त सभाले सेयरधनीहरुका लागि ६५ बोनस सेयर, १४५ नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

यस्तै आ.व. २०८२/८३ को लागि श्री जि.पि. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ । 

 
विहीबार, १३ कार्तिक २०८२, ११ : १९

प्रतिक्रिया