एयरबस हेलिकप्टरद्वारा नेपालको रोटरक्राफ्ट समुदायमा उडान सुरक्षाबारे गोष्ठी सम्पन्न

शनिबार, १५ कार्तिक २०८२, ११ : २५

काठमाडौं- नेपालभरका सयभन्दा बढी विमानन व्यवसायी र पेशेवरहरू काठमाडौंमा आयोजित एयरबस हेलिकप्टरको “सुरक्षा तथा समर्थन र सेवाहरू” सम्बन्धी संगोष्ठीमा सहभागी भएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) को सहयोगमा आयोजित यस एकदिने कार्यक्रममा हेलिकप्टर सञ्चालनमा सुरक्षा सचेतना र उत्कृष्ट अभ्यासहरूको प्रवर्द्धनमुख्य उद्देश्य रहेको थियो।

कार्यक्रमको उद्घाटन नेपालस्थित फ्रान्सकी राजदूत ह.ई. भर्जिनी कोर्तेवाल र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संयुक्त रूपमा गरे।

एयरबस हेलिकप्टरकी हेड अफ एभिएशन सेफ्टी एण्ड क्वालिटी फ्लोरेन्स भेरलुट, हेड अफ लाइट हेलिकप्टर्स प्रोग्राम जेरोम रोनसिन, र दक्षिण एशियाका प्रमुख सनी गुग्लानीले समेत सम्बोधन गर्नुभयो।

“एयरबसमा, सुरक्षा हरेक निर्णयको केन्द्रमा रहन्छ — डिजाइन र उत्पादनदेखि लिएर मर्मत, पाइलट तालिम र डेटा विश्लेषणसम्म”, फ्लोरेन्स भेरलुटले भनिन् ।

दिनभर चलेको कार्यक्रममा सहभागीहरूले एयरबसको विश्वव्यापी सुरक्षा दृष्टिकोण, दुर्घटना तथ्यांक, सुरक्षा व्यवस्थापन प्रणाली (SMS) र हेलिकप्टर फ्लाइट डेटा मोनिटरिङ्गबारे विस्तृत छलफल गरे। साथै, हवाई कार्य सञ्चालन, मर्मत अभ्यास र उच्च तनावपूर्ण परिस्थितिमा निर्णय लिने प्रक्रिया सम्बन्धी सत्रहरू पनि सञ्चालन गरिएका थिए ।

कार्यक्रममा नेपाली सञ्चालनकर्ताहरूले आफ्ना अनुभव र उत्कृष्ट अभ्यासहरू साझा गरेका थिए। संगोष्ठीको समापन एयरबस हेलिकप्टरको आगामी वर्षहरूमा विश्वसनीयता र मर्मत सुधारका योजनाबारेको प्रस्तुतिसँग भयो, जसले उत्पादन सुरक्षामा थप सुधार ल्याउने रोडम्याप प्रस्तुत गरेको छ । 

 
शनिबार, १५ कार्तिक २०८२, ११ : २५

प्रतिक्रिया