काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
समीक्षा अवधिसम्ममा बैंकले ६३ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकले यस अवधिमा १९ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सोही अवधिसम्म बैंकको कर्जा–निक्षेप अनुपात ८६.३५ प्रतिशत रहेको छ भने कुल सम्पत्ति ७१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात ४.४१ प्रतिशत रहेको विवरणमा उल्लेख गरिएको छ ।
हालै बैंकले नेपालको बैंकिङ इतिहासमै नयाँ सेवा ‘डोरस्टेप बैंकिङ’ सार्वजनिक गरेको थियो, जसमार्फत ग्राहकले घरमै डिजिटल प्रविधिमा आधारित बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।
गत महिना सम्पन्न १९औं वार्षिक साधारणसभाले आव २०८१/८२ को संचित मुनाफाबाट सेयर धनीहरूलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
प्रतिक्रिया