काठमाडौं- नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालक पदमा शरद निरौला नियुक्त भएका छन्। निरौला अर्थ मन्त्रालयका उपसचिव हुन् ।
निरौला कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२) (क) को व्यवस्था बमोजिम नेपाल सरकारबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक पदमा नियुक्त भएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया