नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

आइतबार, १६ कार्तिक २०८२, १६ : ०९

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।

बैंकले यसअघि बैंककै विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिएर असोज ९ गतेदेखि ३५ दिनको अवधि तोकी कुल ८८ हजार ८०५ कित्ता सेयर बिक्रीमा राखेकोमा आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

यस सेयरमा अहिले बैंकका संस्थापक सेयरधनीहरू बाहेक सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था लगायतले आवेदन दिन सक्नेछन्।

यसका लागि आगामी ७ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा निवेदन दिनु पर्नेछ।

 
आइतबार, १६ कार्तिक २०८२, १६ : ०९

प्रतिक्रिया