नेपाल एसबिआई बैंकको सञ्चालक समितिको अध्यक्षमा वेंकट वंसीधर कुंचा चयन

आइतबार, १६ कार्तिक २०८२, १६ : ५४

काठमाडौं- नेपाल एसबिआई बैंक लिमिटेडको संचालक समितिको कात्तिक १४ गते बसेको ५३६ औँ बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका सञ्चालक वेंकट वंसीधर कुंचालाई बैंक सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट चयन गरेको छ ।

अध्यक्ष वेंकट वंसीधर कुंचा, एस.बी.आई. को मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रहेका छन् । उनले एस.बी.आई. को २९ देशमा विस्तारित अन्तर्राष्ट्रिय व्यवसायसँग सम्बन्धित मामिला हेर्ने गरेका छन् ।

नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले बैंकका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष श्री वेंकट वंसीधर कुंचालाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । 

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय डा. नीलम ढुङ्गाना तिम्सीना र बम बहादुर मिश्र, कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, का.मु. कार्यकारी निर्देशक राजन विक्रम थापा, निर्देशकहरु राजेन्द्र भट्टराई, श्री ईश्वरी प्रसाद भट्टराई र शरण कुमार अधिकारी तथा नेपाल एसबिआई बैंकका संचालकहरु रितेश सिन्हा, भरत राज वस्ती, अप्सरा उप्रेती र डा. गोपाल प्रसाद भट्ट एवं बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा तथा बैंकका कम्पनी सचिव खगेश्वर भट्ट लगायतको उपस्थिती रहेको थियो ।
 

 
आइतबार, १६ कार्तिक २०८२, १६ : ५४

प्रतिक्रिया