सिटिजन्स बैंक र केल्मी शोरूममा छुट पाउने

मंगलबार, १८ कार्तिक २०८२, १३ : २१

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र केल्मी शोरूमबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारी अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले केल्मी शोरूम जावलाखेलमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

 
मंगलबार, १८ कार्तिक २०८२, १३ : २१

प्रतिक्रिया