मितेरी डेभलपमेन्ट बैंकको नाफामा वृद्धि

मंगलबार, १८ कार्तिक २०८२, १६ : ५९

काठमाडौं- मितेरी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८२८३ को पहिलो त्रैमासमा खुद नाफा बढेको छ ।   बैंकले सर्वाजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले २ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७३ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७७ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १९६ प्रतिशत बढेको छ । 

त्यस्तै, बैंकको सञ्चालक आम्दानी ८२ प्रतिशत र सञ्चालन मुनाफा २४२ प्रतिशत बढेको छ ।

यस समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १७ करोड ७९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १८ रुपैयाँ ३१ पैसा रहेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २८ पैसा रहेको छ ।

 
मंगलबार, १८ कार्तिक २०८२, १६ : ५९

प्रतिक्रिया