तीन महिनामा विकास बैंकहरुले कमाए ८ करोड ३४ लाख नाफा, गरिमा विकास बैंक अग्रस्थानमा

शनिबार, २२ कार्तिक २०८२, १० : २३

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा राष्ट्रिय स्तरका विकास बैंकको नाफा घटेको छ । 

राष्ट्रिय स्तरको विकास बैंकहरुको नाफा एक वर्षको अवधिमा ४५.२० प्रतिशत घटेको हो। गत आर्थिक वर्षमा यी ८ विकास बैंकहरुले १ अर्ब ४२ करोड ९५ लाख रुपैयाँ नाफा कमाएका थिए । बैंकहरुले चालु आर्थिक वर्षको सोही अवधिमा ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँ मात्रै नाफा कमाएका हुन् ।

समीक्षा अवधिमा ४ बैंकको नाफा घटेको देखिएको छ भने ३ कम्पनीको मात्रै सुधार भएको छ भने एक विकास बैंकको नाफा भने ऋणात्मक रहेको हो ।

सर्वाधिक नाफा आर्जन गर्नेमा गरिमा विकास बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले तीन महिनाको अवधिमा आफ्नो नाफा ११ प्रतिशतले बढाएर २५ करोड ५ लाख ७५ हजार रुपैयाँ पुराएको हो ।

सर्वाधिक नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक दोस्रो नम्बरमा भएपनि नाफा भने घटेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा बैंकको नाफा २०.२४ प्रतिशतले घटेर २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

यता, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा १५.१७ प्रतिशतले घटेर २० करोड ३० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा २३ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

पहिलो त्रैमाससम्मको अवधिमा कामना सेवा विकास बैंकको नाफा १२.९२ प्रतिशतले बढेर १९ करोड ७५ लाख, महालक्ष्मी विकास बैंकको ३.४२ प्रतिशतले बढेर ९ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

यस्तै, सर्वाधिक नाफा वृद्धि गर्नेमा सांग्रिला डेभलपमेन्ट बैंक पहिलो नम्बरमा रहेको छ । बैंकको नाफा ४६.५८ प्रतिशतले बढेर ८ करोड ८२ लाख रुपैयाँ पुगेको छ । ज्योति विकास बैंकको नाफा ५३ प्रतिशतले घटेर ७ करोड ३ लाख रुपैयाँमा सीमित भएको छ ।

असोज मसान्तसम्मको अवधिमा लुम्बिनी विकास बैंकको नाफा भने ऋणात्मक रहेको छ । बैंकको नाफा ३४ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको हो ।

 
शनिबार, २२ कार्तिक २०८२, १० : २३

प्रतिक्रिया