हिरो ब्रान्डको सर्भिस तथा एक्सचेन्ज महामेला कार्तिक २४ गतेदेखि सुरु हुने

शनिबार, २२ कार्तिक २०८२, ११ : २७

काठमाडौं- नेपालमा पहिलोपटक हिरो ब्रान्डको सर्भिस तथा एक्सचेन्ज महामेला कार्तिक २४ गतेदेखि सुरु हुने भएको छ। मेला काठमाडौंको भृकुटीमण्डपमा कार्तिक २९ गतेसम्म चल्नेछ।

मेला अवधिभर ग्राहकले सर्भिस, स्पेयर पार्ट्स, ल्युब्रिकेन्टदेखि नयाँ मोटरसाइकल एक्सचेन्ज र खरिदसम्मका सबै सेवा एकै स्थानमा पाउने छन्।

  • हिरोका ग्राहकका लागि सर्भिसमा विशेष छुट
  • लेबर चार्जमा ५० प्रतिशत छुट
  • स्पेयर पार्ट्स तथा ल्युबमा १५ प्रतिशत छुट
  • एएमसी सर्भिसमा ३० प्रतिशत छुट
  • साथै इन्जेक्टर क्लिनिङ, वासिङ तथा हिरो मर्चेन्डाइज निःशुल्क उपलब्ध हुनेछ।

एक्सचेन्जमा ठूलो अफर

  • ग्राहकले पुरानो मोटरसाइकल वा स्कुटर सिधै मेला स्थलमै एक्सचेन्ज गर्न सक्नेछन्।
  • हिरो टु हिरो एक्सचेन्जमा न्यूनतम रु ३० हजार र थप रु १५ हजारदेखि १ लाखसम्म लाभ पाउने।
  • अन्य ब्राण्ड टु हिरो एक्सचेन्जमा न्यूनतम रु. २५ हजार र थप रु। १५ हजारदेखि १ लाखसम्म छुट उपलब्ध हुनेछ।
  • नयाँ बाइक तथा स्कुटर खरिदमा अफर

नयाँ हिरो मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकका लागि पनि आकर्षक अफर घोषणा गरिएको छ।

  • रु. ८ हजारदेखि १ लाखसम्मको नगद छुट
  • हेल्मेट, बाइक कभर र ग्लोभ्स निःशुल्क

सरल फाइनान्स सुविधा सहित केवल नागरिकता देखाएर नै खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

दैनिक लक्की ड्रमा उपहार

मेला अवधिभर दैनिक रूपमा एक जना भाग्यशाली ग्राहकले फुलफेस हेल्मेट पाउनेछन्। यस्तै, मेला अवधिभर भ्रमण गर्ने ग्राहकहरूमध्ये एकजना भाग्यशालीलाई ‘नथिङ’ स्मार्टफोन लक्की ड्रमार्फत प्रदान गरिनेछ।

हिरो नेपालका अनुसार, यो मेला ग्राहकलाई एकै ठाउँमा सर्भिस, एक्सचेन्ज र खरिदको सम्पूर्ण सुविधा प्रदान गर्दै, उत्कृष्ट अनुभव दिने उद्देश्यले आयोजना गरिएको हो।

 
शनिबार, २२ कार्तिक २०८२, ११ : २७

प्रतिक्रिया