काठमाडौं- चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिद्धार्थ बैंकको खुद नाफा १५ प्रतिशत घटेको छ । यस अवधिमा बैंकको खुद नाफा ३२ करोड ४० लाख रुपैयाँ छ ।
गत आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा ३८ करोड २० लाख रुपैयाँ थियो । बैंकको लोन लस प्रोभिजन बढ्दा नाफामा असर परेको हो । यस्तो रकम गत आवमा १ अर्ब रुपैयाँ रहेकोमा अहिले १ अर्ब ३८ करोड छ ।
बैंकको खुद ब्याज आम्दानी भने बढेको छ । यस्तो आम्दानी गत आवमा २ अर्ब ८ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब १६ करोड रुपैयाँ छ ।
बैंकले निष्क्रिय कर्जामा केही सुधार गरेको छ । गत वर्षको असोज मसान्तसम्म निष्क्रिय कर्जाको अंश ३.९१ प्रतिशत रहेकोमा यो असोज मसान्तसम्म ३.८० प्रतिशत छ ।
यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ६१ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा ११.४७ रुपैयाँ छ ।
प्रतिक्रिया