जीली ईएक्स ५ को विश्वव्यापी बिक्री २ लाख १० हजारमाथि, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय पुरस्कार जित्दै

आइतबार, २३ कार्तिक २०८२, १२ : ३८

काठमाडौं- जीली अटो ग्रुपले आफ्नो पूर्णत विद्युतीय एसयूभी जीली ईएक्स ५ को २ लाख १० हजार युनिट बिक्री कायम गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।

यो उपलब्धिले जीली ईएक्स ५ लाई आफ्नो वर्गको सबैभन्दा सफल नयाँ विद्युतीय सवारीहरूमध्ये एकको रूपमा स्थापित गरेको छ । उत्पादक देश चीनमा जीली ईएक्स ५ ले आम उपभोक्ताको मन जित्दै सार्वजनिक भएको करिब सात महिनामै १ लाख युनिटभन्दा बढी बिक्री वितरण गर्न सफल भएको थियो । थाइल्यान्ड, इन्डोनेसिया, अस्ट्रेलिया, न्यूजिल्यान्ड, केही युरोपेली देशहरू र ल्याटिन अमेरिकी क्षेत्रहरू गरी हाल यो मोडल २६ देशहरूमा उपलब्ध  छ ।

जीली अटोले सन् २०२५ को पहिलो छ महिनामै विश्वभरी १४ लाख सवारीसाधन बिक्री गरी अघिल्लो वर्षको तुलनामा ४७ % को बृद्धि हासिल गरेको छ । यस  उपलब्धीसँगै कम्पनीले आफ्नो वार्षिक बिक्री लक्ष्यलाई २० लाख ७१ हजार यूनिटबाट बढाएर ३० लाख युनिट पु¥याएको घोषणा गरेको छ । 

२१०,००० भन्दा बढी विश्वव्यापी बिक्रीलाई कम्पनीले आफ्ना ग्राहकहरूको विश्वास र न्भभथि को विश्वस्तरीय विद्युतीय सवारी उत्पादन क्षमताको प्रमाणको रुपमा लिएको बताएको छ । आगामी वर्षहरूमा, जीली अटोले ब्राजिल, पोल्यान्ड, बेलायत, इटाली र हङकङ जस्ता प्रमुख बजारहरूमा आफ्नो उपस्थिति अझ विस्तार गर्ने र नयाँ ऊर्जा सवारी उत्पादन सञ्जाललाई तीव्र गतिमा अघि बढाउने योजना बनाएको छ ।

नेपालमा हालै बिक्रीवितरण सुरू गरिएको यही मोडेल जीली ईएक्स ५ ले पनि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ । ग्राहक तथा विद्युतीय गाडीप्रेमीहरूले स्वस्फूर्त रूपमा टेस्ट ड्राइभ र बुकिङ गर्न थालेका छन्। बढ्दो चासो र मागका कारण, नेपालका लागि जीली ईएक्स ५ को आधिकारिक आयातकर्ता एलआरआर मोटर्स्ले देशैभर डिलरशिप विस्तार गर्ने योजना सार्वजनिक गरिसकेको छ ।

जीली ईएक्स ५ ले विश्वस्तरको सुरक्षा र डिजाइनमा नयाँ मापदण्ड स्थापित गरेको छ । यसले सन् २०२५ मा Euro NCAP / ANCAP (Australasian New Car Assessment Program) दुबैबाट फाइभ–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ । 

जीलीको अत्याधुनिक जीईए प्लेटफर्ममा आधारित जीली ईएक्स ५ को अधिक मजबुत शरीर संरचना र "Cloverleaf" ऊर्जा–शोषण डिजाइनले गाडीको ठक्कारमा पनि उच्च सुरक्षा प्रदान गर्छ।

हरेक ईएक्स ५ मोडेलमा ७ वटा एयरब्याग, Autonomous Emergency Braking, Adaptive Cruise Control, Lane–Keeping Assist, Blind–Spot Detection र ३६० डिग्री क्यामेरा प्रणाली जस्ता अत्याधुनिक सुरक्षा सुविधाहरू समाविष्ट छन् । 

यी विशेषताहरुको कारण जीली ईएक्स ५ ले सन् २०२५ को प्रतिष्ठित Red Dot Design Award  पाएको छ, जसले यसको सुन्दर डिजाइन, एरोडाइनामिक बनावट र स्मार्ट इन्टेरियरलाई सम्मानित गरेको हो। यी उपलब्धिहरूले जीली अटोको विश्वस्तरको नवप्रवर्तन, प्रदर्शन र सुरक्षाप्रतिको प्रतिबद्धतालाई पुनःपुष्टि गरेको छ।

 
आइतबार, २३ कार्तिक २०८२, १२ : ३८

प्रतिक्रिया