सिद्धार्थ बैंकका ग्राहकले माउन्ट अफ एक्सेलमा ४० प्रतिशतसम्म छुट पाउने

सोमबार, २४ कार्तिक २०८२, १२ : ००

काठमाडौं- सिद्धार्थ बैंक र माउन्ट अफ एक्सेल प्रालिबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार गोकर्णेश्वर, काठमाडौंस्थित माउन्ट अफ एक्सेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा ४०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको गा्रहक सेवा केन्द्रमा सम्पर्क गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

 
सोमबार, २४ कार्तिक २०८२, १२ : ००

प्रतिक्रिया