‘महिन्द्रा थ्रीएक्सओ’को दुई भेरियन्ट नेपालमा बिक्रीको लागि उपलब्ध

सोमबार, २४ कार्तिक २०८२, १२ : ५२

काठमाडौं- महिन्द्राको पछिल्लो कम्प्याक्ट एसयूभी थ्रीएक्सओ बिक्रीको लागि उपलब्ध भएको छ । नाइमा नेपाल मोबिलिटी एक्सपोमा प्रदर्शन गरिएको एसयूभी कम्पनीले त्यति बेला नै बुकिङ खुला गरेको थियो ।

महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले थ्रीएक्सओ मोडलको दुई भेरियन्ट उपलब्ध गराएको छ । जसमा एउटा भेरियन्ट म्यानुअल गियरबक्समा छ भने अर्को भेरियन्ट अटोमेटिक गियरबक्समा ल्याएको छ ।

कम्पनीले दिएको जानकारी अनुसार एक्सयूभी थ्रीएक्सओ एमएक्स २ म्यानुअल, एमएक्स २ अटोमेटिक, एमएक्स थ्री म्यानुअल र एएक्स फाइभ भेरियन्ट उपलब्ध गराएको हो ।

एक्सयूभी थ्रीएक्सओको म्यानुअल भेरियन्ट एमएक्स टु सबैभन्दा सस्तो छ । यसको ४८ लाख रुपैयाँ तोकिएको छ । यसको अटोमेटिक भेरियन्ट किन्नेले ५५ लाख रुपैयाँ तिर्नुपर्छ ।

त्यसैगरी, एमएक्स थ्री भेरियन्टको मूल्य ५० लाख ५७ हजार रुपैयाँ छ भने एएक्स फाइभ भेरियन्टको मूल्य ५७ लाख ६५ हजार रुपैयाँ तोकिएको छ ।

 
सोमबार, २४ कार्तिक २०८२, १२ : ५२

प्रतिक्रिया