प्रभु बैंकको नाफा ४६.३३ प्रतिशतले घट्यो, ईपीएसमा पनि गिरावट

सोमबार, २४ कार्तिक २०८२, १६ : ५२

काठमाडौं- प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५५ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ४६.३३ प्रतिशतले घटेको हो । 

गत आवको पहिलो त्रैमासमा यो बैंकले एक अर्ब चार करोड नाफा आर्जन गरेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा भने वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा दुई अर्ब ६२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यो वर्ष दुई अर्ब ८९ करोड रुपैयाँ आम्दानी गरेको छ ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४० करोड ६० लाख रुपैयाँ रहेको छ। चालु वर्षको प्रथम त्रैमाससम्म बैंकको प्रतिसेयर आम्दानी ९.४९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस १७.६८ रुपैयाँ थियो।
 

 
सोमबार, २४ कार्तिक २०८२, १६ : ५२

प्रतिक्रिया