सानिमा बैंकको सीइओमा पवनकुमार आचार्य नियुक्त

मंगलबार, २५ कार्तिक २०८२, १२ : ३४

काठमाडौं- सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पवनकुमार आचार्य नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले आचार्यलाई आउँदो माघ १२ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीइओमा नियुक्त गरेको हो। आचार्य हाल बैंकमा नायब सीइओका रुपमा कार्यरत छन्।

हाल बैंकको सीइओमा निश्चलराज पाण्डे छन्। उनको कार्यकाल आउँदो माघ ११ गतेबाट सकिँदैछ।

 
मंगलबार, २५ कार्तिक २०८२, १२ : ३४

प्रतिक्रिया