एसीसी यू–१९ को उपाधि नेपाललाई

मंगलबार, २४ असार २०७६, १३ : ०९

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।

मंगलबार भएको फाइनल खेलमा  हङकङलाई  ६ विकेटले हराउँदै नेपाल विजेता बन्न सफल भएको छ । 

हङकङले दिएको ९६ रनको लक्ष्य नेपाली युवा टोलीले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरी जित हात पारेको हो । 

मंगलबार, २४ असार २०७६, १३ : ०९

प्रतिक्रिया