प्रभु म्यानेजमेन्टकी पूर्वप्रबन्ध निर्देशक कुसुम लामाको अशोक शेरचनलाई फसाउने रणनीति असफल

लामा आफैं पक्राउको बाटो खुल्यो

शुक्रबार, २८ कार्तिक २०८२, १० : ०२

काठमाडौं– नेकपा एमालेका पूर्वसांसद एंव प्रभु ग्रुपका सञ्चालक देवीप्रकाश भट्टचनलाई दर्जनौ सहकारीे रकमको हिनामिना गरेको आरोपमा समातिएर  हाजिर जमानीमा रिहा भएसंँगै प्रभु म्यानेजमेन्टकी पूर्वप्रबन्ध निर्देशक कुसुम लामालाई पनि पक्राउ गर्न बाटो खुलेको छ । यस अघि उनी ‘स्टे अर्डर’ का भरमा जोगिँदै आएकी थिइन । कार्तिक २१ गते उच्च अदालत पाटनले रिट खारेज गरेपछि लामालाई पक्राउ गर्न तिव्र तयारी भएको हो । 

लामाको रिट न्यायाधीशद्धय राजकुमार खतिवडा र अवनी मैनाली भट्टराईको संयुक्त इजलासले खारेज गरिदिएको हो । योसँगै लामालाई पक्राउ गर्न कात्तिक २१ विहान केन्द्रिय अनुसन्धान ब्यरो सि.आई.बी टोली अदालतमा खटाइएको थियो । तर लामा अदालतमा देखा नपरेपछि सि.आई.बी टोली रित्तो फर्कियो । तीन दर्जनौ भन्दा बढी सहकारी ठगीमा संलग्न लामा अर्बौको रकम हिनामिना गरेर झण्डै दुई वर्षदेखि सम्पर्कविहिन थिइन । 

त्यस्तै सहकारी ठगी प्रकरणमा मुछिसकेपछि लामाले आफु जोगिन प्रमु बैंकका प्रमुख कार्यकारी अधिकृत सिईओ अशोक शेरचनलाई फसाउने जाल बुनेकी थिइन । उनले ठगी प्रकरण संलग्नबाट आफु सहजै मुक्त हुने र उक्त प्रकरणको दोष अशोक शेरचनलाई ठहर्याउने रणनीति बनाएकी थिइन । तर उच्च अदालत पाटनले उनको रिट खारेज गरेपछि लामाको त्यो सपना धराशयी बनेको हो । अदालको फैसला सुनाएसँगै प्रहरीले लामालाई पक्राउ गर्न तिव्र तयारी गरिरहेको छ । 

कुसुम लामा हाल मलसियामा घरजम गरेर बसिरहेकी छन । उनी ने.क.पा एमालेका पुर्वसांसद तथा प्रभु ग्रुपका सञ्चालक देवीप्रकाश भट्टचनको सेयरहोल्डर हुन । भट्टचन कात्तिक ११ गते ठगी प्रकरणमा पक्राउ परेका थिए । उनी पक्राउ परे लगत्तै उच्च अदालत पाटनले कुसुमको लामाको रिट खारेज गरेको हो ।  
 

 
 
शुक्रबार, २८ कार्तिक २०८२, १० : ०२

प्रतिक्रिया