रोयल एनफिल्ड मेटिओर ३५० लाइनअप सार्वजनिक

शुक्रबार, २८ कार्तिक २०८२, १४ : ५७

काठमाडौं– रोयल एनफिल्ड, मध्यम आकारका मोटरसाइकल सेग्मेन्टको विश्व अग्रणी ब्रान्डले आज नेपालमा नयाँ र ताजा मेटिओर ३५० लाइनअप सार्वजनिक गरेको घोषणा गरेको छ। मनोरञ्जनात्मक यात्राहरू, घुमाउरा राजमार्गहरू र आरामदायी सफरका लागि तयार गरिएको मेटिओर ३५० ले आफ्नो विशिष्ट क्रूजर डिजाइन, व्यक्तित्व, मृदु प्रदर्शन र सहज सवारी आसनसहित मध्यम आकारका क्रूजर सेग्मेन्टमा नयाँ मापदण्ड कायम गरिरहेको छ।

२०२० मा सुरु गरिएको मेटिओर ३५० ले लामो दूरीका सहज यात्राहरू र शहरी सडकका सुसंस्कृत सवारीका लागि एक सुलभ र परिष्कृत मोटरसाइकलको रूपमा आफ्नो प्रतिष्ठा स्थापित गरिसकेको छ। अब यसको नयाँ रूपान्तरणमा, यो “इजी क्रूजर” फायरबल, स्टेलर, ऑरोरा र सुपरनोभा नामक चार भेरियन्टहरूमा उपलब्ध छ, जसमा सात आकर्षक नयाँ रङहरू र सुधारिएको सुविधाहरू समावेश छन्।

लोकप्रिय ३४९ सिसी एयर–कुल्ड जे–सिरीज इन्जिनबाट शक्ति प्राप्त नयाँ २०२५ मेटिओर ३५० ले अधिकतम २०।२ बीएचपी २६१०० आरपीएम र २७ एनएम २४००० आरपीएम को टर्क प्रदान गर्दछ। यसले अब नयाँ रिफ्रेश्ड रेंज र थप उन्नत सुविधाहरूका साथ बजारमा आएको छ। सबै भेरियन्टहरूमा अब एलईडी हेडलाम्प मानक रूपमा उपलब्ध छन्, जसले यस ३५० सिसी क्रूजर मोटरसाइकललाई नेपालका लामो दूरीका मोटरसाइकल प्रेमीहरू र सवारहरूका लागि रोजाइको पहिलो विकल्प बनाएको छ।

रोयल एनफिल्डले आफ्नो मेटिओर ३५० लाइनअपलाई सबै भेरियन्टहरूमा नयाँ रङ स्किमहरूसहित पुनः परिकल्पना गरेको छ। शीर्ष श्रेणीको सुपरनोभा भेरियन्ट अब आधुनिक रङ संयोजन र क्रोम फिनिशसहित उपलब्ध छ, जबकि ऑरोरा भेरियन्ट ले परम्परागत शैलीबाट प्रेरित रङ स्किमहरू ल्याएको छ, जसले रेट्रो–स्टाइल क्रूजर मन पराउने सवारहरूलाई आकर्षित गर्छ।स्टेलर भेरियन्टमा संयमित र बोल्ड रङहरूको मिश्रण पाइन्छ, र फायरबल भेरियन्टका उज्याला र जीवन्त रङ विकल्पहरूले स्वतन्त्र भावनाका साथ एक्लै सवारी गर्न मन पराउने युवाहरूलाई आकर्षित गर्नेछन्।यी नयाँ अपडेटहरूसँगै, रॉयल एनफिल्ड यस उत्सवको मौसममा आफ्ना ग्राहकहरूका लागि नयाँ, ताजा र रोमाञ्चक क्रूजिङ अनुभव ल्याउन तयार भएको छ।

नयाँ २०२५ मेटिओर ३५० को बारेमा बोल्दै बी. गोविन्दराजन, म्यानेजिङ डाइरेक्टर – आइचर मोटर्स लिमिटेड तथा मुख्य कार्यकारी अधिकारी – रॉयल एनफिल्ड, भन्छन्–“दशकौँदेखि रॉयल एनफिल्डको ‘शुद्ध र अविकल सवारी अनुभव’ सम्बन्धी दर्शनले विश्वका विभिन्न भागका सवारहरूलाई गहिरो रूपमा आकर्षित गरेको छ। सन् २०२० मा मेटिओर ३५० को सुरुवातसँगै हामीले नयाँ पुस्ताका ती सवारहरूलाई आकर्षित गर्न सफल भयौं, जो सडकमा आफ्नो छुट्टै पहिचान खोजिरहेका थिए। आज मेटिओर ३५० ती सवारहरूको रोजाइ बनिसकेको छ, जसले क्रूजर शैलीको सुन्दरता र सहज सवारी अनुभवलाई महत्व दिन्छन् — चाहे ती छोटा शहरी यात्राहरू हुन् वा सहरपारिका लामो खोजपूर्ण यात्राहरू। मेटिओर ३५० केवल मोटरसाइकल मात्र होइन, खुला सडकमा सहज यात्राको जीवनशैली र स्मरणीय अनुभवको प्रतीक हो। हामी यस मेटिओर ३५० को नयाँ र अद्यावधिक संस्करण नेपालमा ल्याउन अत्यन्त उत्साहित छौं, र हामीलाई विश्वास छ कि यसले नेपालमा रहेका हाम्रो तीव्र रूपमा बढ्दै गरेको समुदायको अनुभवलाई अझ उचाइमा पुर्‍याउनेछ।”

नयाँ रिफ्रेश गरिएको मेटिओर ३५० रेंज ती सवारहरूका लागि उपयुक्त छ, जो आरामदायी सवारी अनुभवका साथ राजमार्ग र शहरी सडक दुवैमा लामो यात्राको आनन्द लिन चाहन्छन्। यसले सवारहरूलाई अविस्मरणीय यात्राहरूमा निस्कन प्रेरणा प्रदान गर्दछ।आरामदायी र सहज सवारी आसन, सधैं उपयोगी सुविधाहरू र प्राविधिक सुधारहरूसँग, मेटिओर ३५० लामो यात्राहरूलाई अझ स्मरणीय बनाउनका लागि उत्तम सहयात्रीको रूपमा उभिएको छ।

सुरुआतदेखि नै, रॉयल एनफिल्ड मेटिओर ३५० ले विश्वभरमा पाँच लाखभन्दा बढी मालिकहरूको सशक्त र सन्तुष्ट समुदाय निर्माण गर्न सफल भएको छ र यो आफ्नो सेग्मेन्टमा सबैभन्दा लोकप्रिय क्रूजर मोटरसाइकलमध्ये एक बनेको छ। ६५ भन्दा बढी देशहरूमा बिक्री हुने मेटिओर ३५० लाई मोटरसाइकल विशेषज्ञहरूले “थरब्रेड इजी क्रूजर” को रूपमा मान्यता दिएका छन्। यसले विश्वभरमा प्रशंसा र पुरस्कारहरू प्राप्त गरेको छ, जसमा यसको सुरुवाती वर्षमै प्राप्त प्रतिष्ठित ‘इन्डियन मोटरसाइकल अफ द इयर २०२१’ पुरस्कार पनि समावेश छ।

नयाँ २०२५ मेटिओर ३५० अब विभिन्न विशेष जेन्युइन मोटरसाइकल एक्सेसरी (GMA) किटहरूसँग आएको छ, जसले प्रत्येक भेरियन्टको रूप र कार्यक्षमतालाई नयाँ थीम र सुविधासँग सुदृढ बनाउँछ।मेटिओर ३५० न्ःब् अहिले दुई फरक थीममा उपलब्ध छ —अर्बन किट, जसमा ब्ल्याक ड्र्याग ह्यान्डलबार, ब्ल्याक राउन्ड बार(एन्ड मिरर, ब्ल्याक लो राइडर सिट, टिन्टेड फ्लाइसक्रिन लगायतका आकर्षक एक्सेसरीहरू समावेश छन्।

त्यसैगरी, ग्र्यान्ड टुरर किट मा ब्राउन टुरिङ राइडर र पिलियन सिट, ब्ल्याक प्रिमियम लङहाल प्यानियर र प्यानियर रेल्स, राइडर र पिलियनका लागि डिलक्स फुट पेग्स, ब्ल्याक टुरिङ ह्यान्डलबार, ब्ल्याक एलईडी फग लाइट्स र ब्ल्याक राउन्ड मिरर जस्ता सुविधाहरू समावेश छन्, जसले यसलाई साँच्चिकै व्यक्तिगत र विशिष्ट बनाउँछ।

आकर्षक मूल्यमा उपलब्ध २०२५ मेटिओर ३५० अब ग्राहकहरूले नजिकको रॉयल एनफिल्ड शोरूममा, रोयल एनफिल्ड एपमार्फत, वा कम्पनीको वेबसाइट www.royalenfield.com मार्फत अवलोकन र अर्डर गर्न सक्नेछन्।

 
 
 
शुक्रबार, २८ कार्तिक २०८२, १४ : ५७

प्रतिक्रिया