मंसिर महिनाका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कसले कति घटाए ?

आइतबार, ३० कार्तिक २०८२, ११ : ३२

काठमाडौं- वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्।

प्रकाशित सूचना अनुसार २० मध्ये १० वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १० बैंकहरुले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

एनआईसी एशिया, सिद्धार्थ, हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, सिटिजन्स, नबिल, नेपाल एसबिआई, सानिमा र कुमारी बैंकले मंसिर महिनाका लागि  निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन्। बाँकी १० बैंकहरुले भने कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका हुन्।

मंसिर महिनाका लागि सबैभन्दा बढी ब्याजदर घटाउन बैंक एनआईसी एशिया रहेको छ। बैंकले कात्तिकको तुलनामा ०.७५ प्रतिशतले ब्याजदर घटाएको हो। 

मंसिर महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा एनआईसी एशियाले अधिकतममा ५.७५ प्रतिशतका दरले ब्याज दिने भएको छ। बैंकले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर भने घटाएको छ।

व्यक्तिगत मुद्दती निक्षेपमा मंसिर महिनामा सबैभन्दा बढी ब्याज ग्लोबल आइएमई बैंकले अधिकतममा ६ प्रतिशतसम्म ब्याज दिनेछ। 

यस्तै, सबैभन्दा कम ब्याज भने स्ट्याण्डर्ड चार्टर्ड बैंकले अधिकतममा ४.७ प्रतिशत ब्याज दिने भएको छ।

व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औषत ब्याजदर, कात्तिक महिनाको तुलनामा मंसिर महिनामा ०.१६ प्रतिशतले घटेको छ। 

कात्तिकमा बैंकहरुले औसतमा ५.२० प्रतिशतका दरले ब्याज दिएकोमा मंसिरमा भने  ५.०४ प्रतिशतमा झरेको छ। 

त्यस्तै, संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने समीक्षा अवधिमा ०.०७ प्रतिशतका दरले घटाएका छन्।

 
 
 
 
 
 
 
आइतबार, ३० कार्तिक २०८२, ११ : ३२

प्रतिक्रिया