अपडेट

तीन महिनामा भित्रियो ५ खर्ब ५३ अर्ब रेमिट्यान्स

आइतबार, ३० कार्तिक २०८२, १३ : ३१

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो तीन महिनामा साढे ५ खर्ब रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको पहिलो तीन महिनामा नेपालमा भित्रिएको रेमिट्यान्स अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.४ प्रतिशतले बढेको हो । 

तीन महिनामा ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। जसमा असोज महिनामा मात्रै २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्ष असोज महिनामा १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । 

डलरमा गणना गर्दा नेपालमा ३ महिनामा भित्रिएको रेमिट्यान्स ३ अर्ब ९४ करोड डलर छ जुन अघिल्लो आथिक वर्षको सोही अवधिको तुलनामा १०.६ प्रतिशत बढी हो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या १ लाख २३ हजार ४५९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो संख्या १ लाख १० हजार ६५४ रहेको थियो ।

त्यसैगरी यस अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २५७ जनाले पुनः श्रम स्वीकृति लिएका छन् अघिल्लो वर्ष ५९ हजार ९३९ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

 

 
आइतबार, ३० कार्तिक २०८२, १३ : ३१

प्रतिक्रिया