एनआईसी एशिया बैंकको सूचना अधिकारीमा रावल र गुनासो अधिकारीमा खड्का नियुक्त

बुधबार, ०३ मंसिर २०८२, १६ : ३२

काठमाडौं- एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारीमा सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र प्रमुख गुनासो अधिकारीमा प्रमुख सञ्चालन अधिकृत/कम्पनी सचिव कमल खड्का नियुक्त भएका छन् ।

आज बुधबारदेखि लागू हुनेगरी नियुक्त भएका प्रमुख सूचना अधिकारी जयन्द्र रावललाई सम्पर्क गरी बैंकको आधिकारिक जानकारी तथा सूचनाको प्राप्त गर्न सक्नेछन् ।

साथै, यस बैंकको बैंकिङ सेवा सम्बन्धि कुनै पनि गुनासो भएमा प्रमुख गुनासो अधिकारी कमल खड्कालाई मोबाइलमार्फत वा बैंकको आधिकारिक ठेगानामा इमेल गरी गुनासोको सम्बोधन गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । 

 
 
बुधबार, ०३ मंसिर २०८२, १६ : ३२

प्रतिक्रिया