काठमाडौं- बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव सहित २२ औं वार्षिक साधारणसभा बोलाएको छ।
सभा मंसिर २६ गते काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान साढे ९ बजे बस्नेछ।
सभाले आफ्ना सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ।
यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ।
चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक तोक्ने, सञ्चालक समितिबाट भए गरेका निर्णय र काम कारवाहीहरू अनुमोदन गर्ने, संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने, सञ्चालक समितिको भत्ता, सेवा सुविधाको सम्बन्धमा र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ मंसिर ११ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्रै उक्त सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।
प्रतिक्रिया