सगरमाथा जलविद्युतले बोलायो साधारणसभा, हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्ने

विहीबार, ०४ मंसिर २०८२, ११ : ५५

काठमाडौं- सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २६ गते काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ११ बजे पाँचौं वार्षिक साधारणसभा बोलाएको छ।

सभाले चुक्ता पूँजीको १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने कार्यलाई निरन्तरता दिने, हकप्रद वितरणपछि पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

कम्पनीले लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन भने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोेजका आधारमा मंसिर ११ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्रै उक्त साधारणसभामा भाग लिन सक्नेछन्।

विहीबार, ०४ मंसिर २०८२, ११ : ५५

प्रतिक्रिया