काठमाडौं- नेपाल राष्ट्र बैंकले सुन र डलरको भाउ बढ्दा एक वर्षका ९१ अर्ब रुपैयाँ बराबरको नाफा कमाएको छ ।
राष्ट्र बैंकको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार राष्ट्र बैंकले सुनको मूल्य बढेबापत मात्रै ४६ अर्ब ८८ करोड रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, विदेशी विनिमय डलरमा भएको वृद्धिका कारण बैंकले ४५ अर्ब २ करोड कमाएको छ ।
बैंकसँग गत असार मसान्तमा २४ अर्ब १४ करोड अमेरिकी डलर तथा पेपर गोल्ड र सञ्चित सुन समेत गरी ९ हजार २३४.१९ किलोग्राम सुन छ ।
त्यस्तै, राष्ट्र बैंकसँग १ लाख २० हजार ३७.९० किलोग्राम चाँदी स्टक रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा राष्ट्र बैंकको जम्मा खुद सञ्चालन आम्दानी ८८ अर्ब ४६ करोड ७४ लाख ८० हजार पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०.२५ प्रतिशतले बढेको हो । यस अवधिमा खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा १०.०८ प्रतिशतले बढेर ८७ अर्ब ३० करोड ९७ लाख ०८ हजार पुगेको छ ।
त्यसैगरी, अन्य आम्दानी १ अर्ब २४ करोड ६८ लाख २९ हजार भएको छ ।
प्रतिक्रिया