नेशनल फण्ड म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त

आइतबार, ०७ मंसिर २०८२, १७ : ०२

काठमाडौं- नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका २१,०६,००० कित्ताले हुन आउने  रु.२१,०६,००,००० बराबरको २० प्रतिशत साधारण सेयर निष्कासन गर्नेछ । 

सेयर निष्कासनका लागि आज सन्राइज क्यापिटल लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंमा दुई कम्पनीबीच सम्झौता भएको हो । 

सम्झौतामा नेशनल फण्ड म्यानेजमेन्टको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाई तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

यस नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड को कोष व्यवस्थापक भई संचालन गर्न इजाजत प्राप्त गरेको छ । साथैे बुक बिल्डिङ्ग विधि मार्फत निष्काशित धितोपत्र को लागि योग्य संस्थागत लगानीकर्ता को रुपमा कार्य गर्नका लागि स्वीकृति समेत प्राप्त गरेको छ ।

यस कम्पनी कोष व्यवस्थापक रहि पूँजी संकलन कार्य सम्पन्न गरि विविधिकृत प्राइभेट इक्वीटी फण्डको रुपमा “नेशनल इक्वीटि फण्ड–१” र उर्जा क्षेत्र लक्षित प्राइभेट इक्वीटी फण्ड को रुपमा “नेशनल हाईड्रो फण्ड–२” संचालन गर्दै आएकोे छ ।
 

 
 
 
 
आइतबार, ०७ मंसिर २०८२, १७ : ०२

प्रतिक्रिया