प्रोटोन ईमासको एक्सचेन्ज अफर कार्यक्रमको म्याद थपियो

आइतबार, ०७ मंसिर २०८२, १७ : १०

काठमाडौं- जगदम्बा मोटर्स प्रालि अन्तर्गत सञ्चालन हुने नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी) ब्रान्ड प्रोटोन ईमासले विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने भइरहेको छ । 

पूर्वनिर्धारित अवधिमा १ दिन थपिएका कारण, यो कार्यक्रम नोभेम्बर २१ देखि २४ सम्म काठमाडौंको ज्ञानेश्वरस्थित एटीकमा आयोजना हुने भएको छ।

चार दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा विद्यमान सवारी साधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूलाई प्रोटोन ईमासका प्रमुख विशेषताहरू, सेवा सुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ।

एक्सचेन्ज अफर रु. ४६.९९ लाखदेखि सुरु हुनेछ। प्रोटोन ईमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर, १८० मिमी ग्राउण्ड क्लिरेन्स तथा ४९२ र ५८५ किमि एनइडिसी रेञ्ज प्रदान गर्दछ।

उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो ईभीको लम्बाइ ४६१५ मिमी रहेको कम्पनीले उल्लेख गरेको छ। यस विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक ईभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने भएका छन्।

 
आइतबार, ०७ मंसिर २०८२, १७ : १०

प्रतिक्रिया