कुमारी बैंकका ग्राहकले बन्दीपुर केबलकार एण्ड टुरिजमबाट सेवा लिँदा छुट पाउने

सोमबार, ०८ मंसिर २०८२, ११ : २१

काठमाडौं- कुमारी बैंक लिमिटेड र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडबीच बैंकका ग्राहकहरुलाई बन्दीपुर केबल कारबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट बैंकका गण्डकी प्रदेश प्रमुख सुदर्शन जंग राणा र केबल कारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठले आइतबार हस्ताक्षर गरेका हुन् । 

यस सम्झौता बमोजिम बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडबाट प्रदान गरि आएको सेवाहरुमा कुमारी बैंकका ग्राहकहरूलाई केबलकार टिकट, स्काई साईकिलिङ र जिपलाईन टिकट तथा डाईभ इन रेष्ट्रोमा १३% सम्मको छुट दिने सम्बन्धमा सम्झौता भएको छ । 

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिंदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ ।
 

 
सोमबार, ०८ मंसिर २०८२, ११ : २१

प्रतिक्रिया