हिमालयन क्यापिटलले लाभांश पारित गर्न बोलायो साधारणसभा

सोमबार, ०८ मंसिर २०८२, १२ : ५१

काठमाडौं- हिमालयन क्यापिटलले लाभांश वितरण गर्ने भएको छ । 

कम्पनीको सञ्चालक समितिको कात्तिक २० गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको करसहित १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले मंसिर २८ गते काठमाडौंमा बिहान ११ बजे आठौँ वार्षिक साधारणसभा बोलाएको छ ।

सभाले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक बर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

 
सोमबार, ०८ मंसिर २०८२, १२ : ५१

प्रतिक्रिया