काठमाडाैं- नेपालमा इलेक्ट्रिक भेहिकल बजारमा नयाँ उत्साह थप्दै एक्सपेङ इलेक्ट्रिक भेहिकलको आधिकारिक वितरक सीजी मोटर्सले आफ्नो नयाँ विशेष क्याम्पेन ‘एक्सपेङ एक्स्पेरियन्स-अपग्रेट टु एक्सिलेन्स’ सार्वजनिक गरेको छ। यस क्याम्पेनमार्फत ग्राहकहरूले आफ्नो पुरानो सवारीसाधन एक्सचेन्ज गरेर अत्याधुनिक इलेक्ट्रिक एसयुभीमा सहज र लाभदायक रूपले अपग्रेड गर्न सक्ने अवसर पाउनेछन्।
क्याम्पेनअन्तर्गत उपलब्ध नयाँ एक्सपेङ जी ६-४४० मोडलमा एडभान्स्ड अटो-पायलट, अटो–पार्किङ प्रणाली, ५ स्टार युरो एनक्याप सुरक्षा रेटिङ, र ५०:५० वेट–डिस्ट्रिब्युसन जस्ता सुविधाहरू रहेका छन्। यसले प्रयोगकर्तालाई स्मार्ट र परिष्कृत ड्राइभिंग अनुभव प्रदान गर्ने मात्रै होइन, सुरक्षित र भरोसायोग्य यात्रा सुनिश्चित गर्ने लक्ष्य राखेको छ। कम्पनीले यस एसयुभीलाई आफ्नो वर्गमा अग्रणी प्रदर्शन र अत्याधुनिक प्रविधि सहित निर्माण गरेको जनाएको छ।
ग्राहक सुविधालाई प्राथमिकतामा राख्दै, सीजी मोटर्सले यस अफरमा ६.३ प्रतिशत आकर्षक ब्याजदर, विशेष क्यास लाभ, १ वर्षको इन्स्योरेन्स, १ वर्षको रोड-ट्याक्स, प्रिमियम एसेसोरिज, ६.६ किलो वाट वाल-माउन्ट चार्जर, ३.३ किलो वाट ट्राभल चार्जर र Black+Decker कार वासर तथा भ्याकुम क्लिनर पनि उपलब्ध गराएको छ। यसले ग्राहकहरूको ईभी ओनरशिप अनुभवलाई पहिलो दिनदेखि नै सहज, सुरक्षित र पूर्ण बनाउने लक्ष्य राखेको छ।
यस क्याम्पेनमार्फत नेपाली बजारमा इलेक्ट्रिक भेहिकलको पहुँच बढाउने र ग्राहकलाई आधुनिक प्रविधि तथा उच्च गुणस्तरको अनुभव उपलब्ध गराउने सीजी मोटर्सको प्रयासले आगामी दिनमा इलेक्ट्रिक मोबिलिटीलाई थप लोकप्रिय बनाउने अपेक्षा गरिएको छ। एक्सपेङ जी ६-४४० मा उपलब्ध अत्याधुनिक फिचर, प्रिमियम डिजाइन र ग्राहक-केंद्रित अफरले बजारमा नयाँ प्रतिस्पर्धात्मक मानक सेट गर्ने बताइएको छ।
प्रतिक्रिया