काठमाडौं- निम्बस ग्रुपले आफ्ना कर्मचारी तथा उनीहरूका परिवारसहित नेपाली चलचित्र ‘परान’ हेरेको छ।
शनिबार पुल्चोकस्थित लाबिम मलमा चलचित्र अवलोकन गरेको निम्बस ग्रुपले जनाएको छ ।
दर्शकहरूले नेपालीपन, यथार्थ जीवनका कथा र समसामयिक संवेदनालाई उत्कृष्ट तरिकाले प्रस्तुत गरिएको भन्दै चलचित्र ‘परान’ लाई निरन्तर माया र साथ दिइरहेका छन् । चौथो सातामा समेत दर्शक संख्या नघटेको ‘परान’ वर्षको सफल चलचित्रमध्ये एक बन्दै गएको निर्माण पक्षले जनाएको छ।
निम्बस ग्रुपको ध्यान पनि चलचित्रतर्फ तानिएको हो। सामूहिक अवलोकनपछि निम्बस ग्रुपका प्रबन्ध निर्देशक अनन्द बगरियाले फिल्मबारे संक्षिप्त प्रतिक्रिया दिँदै भने, “परान सामाजिक परिवेशमा केन्द्रित रहेर बनेको उत्कृष्ट फिल्म लाग्योे, कलाकारको अभिनय र कथाले पनि हामी सबैको मन जित्यो, यस फिल्मले समाजलाई सकारात्मक सन्देश दिन सफल भयो भन्ने लागेको छ । साथै ‘परान’ हरेक कोणबाट ऐतिहासिक बन्न सकोस् ‘परान’ चलचित्र र सम्पूर्ण टिमलाई हार्दिक शुभकामना ।”
प्रतिक्रिया