उपभोक्ता मूल्य सूचकांक

राष्ट्र बैंकद्वारा उपभोक्ता मूल्य सूचकांक परिमार्जन, गणनाको विधिमा पनि सुधार

सोमबार, ०८ मंसिर २०८२, १७ : ३१

काठमाडौं– नेपाल राष्ट्र बैंकले मुद्रास्फीति मापन गर्ने उपभोक्ता मूल्य सूचकांकको गणना प्रणाली र आधारभूत ढाँचामा व्यापक परिमार्जन गरेको छ ।

पछिल्लो समय परिवर्तन भइरहेको नेपालीको उपभोग ढाँचालाई सही रूपमा प्रतिबिम्बित गर्न तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप बनाउन सूचकांकको आधार वर्ष अद्यावधिक गरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले जारी गरेको नेपालमा उपभोक्ता मूल्य सूचकाङ्कको सङ्कलन सम्बन्धी अध्ययन प्रतिवेदन अनुसार परिमार्जन मार्फत सीपीआईको आधार वर्ष (सन्दर्भ अवधि) र खर्च भारको संरचनामा समेत फेरबदल गरेको छ । उपभोक्ता मूल्य सूचकांकका मापनको आधार वर्ष (सन्दर्भ अवधि) अहिलेसम्म छैटौँ पटक परिवर्तन गरेको राष्ट्र बैंकले जनाएको छ ।

गणना विधि र तथ्यांक प्रकाशनमा सुधार

राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांकको गणनाको विधिमा पनि सुधार गरेको छ । उच्च–स्तरीय एग्रिगेसनका लागि विगतको भारित ज्यामितीय लासपेयर्स विधिको सट्टा अब अन्तर्राष्ट्रिय उत्तम अभ्यास अनुरूप भारित अंकगणितीय परिमार्जित लासपेयर्स औसत विधिलाई अपनाइएको छ। यद्यपि, प्राथमिक स्तरमा ज्यामितीय माध्यको प्रयोग भने यथावत् छ ।

तथ्याङ्कको शुद्धता कायम गर्न मूल्य सङ्कलन प्रक्रियालाई परिमार्जन गरी केन्द्रीकृत मूल्य सङ्कलन संयन्त्र ९पेट्रोल, सुन, कर्जा शुल्क लगायत २८ वस्तुका लागि० र वेबमा आधारित दोहोरो प्रमाणीकरण प्रणाली लागू गरिएको छ।

राष्ट्र बैंकले पहिलो पटक प्रादेशिक स्तरमा उपभोक्ता मूल्य सूचकाङ्क लाई ग्रामीण र सहरी क्षेत्र अनुसार वर्गीकरण गरेर प्रकाशन गर्ने भएको छ । 

 
 
सोमबार, ०८ मंसिर २०८२, १७ : ३१

प्रतिक्रिया