काठमाडौं- भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि जारी पूँजीको २० प्रतिशतका दरले प्रतिसेयर अंकित मूल्य रु. १०० मा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीले ६,४४,००० कित्ता सेयर निष्कासन गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।
आज मंसिर १० गते बुधबार नेपाल लाइफ क्यापिटल लिमिटेड कमलपोखरीस्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमबीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडका तर्फबाट अध्यक्ष दक्षिणा गैह्रे न्यौपाने तथा नेपाल लाइफ क्यपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका हुन् ।
भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले विगत १५ वर्षदेखि चितवनको भरतपुरमा अत्याधुनिक प्रविधि प्रयोग गर्दै गुणस्तरीय उद्योगजन्य बस्तुहरु उत्पादन गर्दै आइरहेको छ । यसको उद्देश्य उच्च गुणस्तरका, दिगो, सुरक्षित र प्रविधिमैत्री उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउनु रहेको छ ।
अत्याधुनिक Sheet Molding Compound (SMC) प्रविधिमा आधारित कभरहरू, डब्लु पी सी उच्च घनत्व hollow ढोका (WPC High Density Hollow Door), पार्टेशन बोर्ड एवम्वाल क्याडिङ्ग, वाल प्यानल जुन पानी, किरा, घाम र चिसोपन प्रतिरोधी हुनुका साथै दिगोपनाको दृष्टिले उत्कृष्ट, बलियो, टिकाउ र दीर्घकालीन प्रयोगका लागि उपयुक्त छन्।
Fiber Reinforced Plastic Technology अन्तर्गत ढोका, झ्याल, ढोका–झ्यालको फ्रेम, फाइबर सिट, फाइबर बाथ टब, फाइबर स्लाइड तथा अन्य सबै प्रकारका फाइबर उत्पादनहरू उच्च गुणस्तरमा उत्पादन गर्दै आईरहेको छ ।
प्रतिक्रिया