नारायणी डेभलपमेन्ट बैंकको करिब सवा ६ लाख कित्ता सेयर बिक्रीमा

विहीबार, ११ मंसिर २०८२, १० : ३५

काठमाडौं- नारायणी डेभलपमेन्ट बैंकको करिब सवा ६ लाख कित्ता अवितरित हकप्रद सेयर आजबाट बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण समूहको १८ हजार ४४४ कित्ता गरी कुल ६ लाख २१ हजार ६०६ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो सेयरमा मंसिर २५ गतेसम्म खरिद आवेदन दिन सकिनेछ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले काठमाडौंको नक्सालस्थित धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयका साथै ग्लोबल आइएमई बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा आवेदन दिन सक्नेछन्।

 
विहीबार, ११ मंसिर २०८२, १० : ३५

प्रतिक्रिया