एनएमबि बैंकलाई ‘एक्सिलेन्स इन कमर्सियल कार्ड बिजनेस’ अवार्ड

विहीबार, ११ मंसिर २०८२, १७ : ०२

काठमाडौं- एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित "Leadership Conclave Nepal 2025" सम्मेलनमा “Excellence in Commercial Cards Business" अवार्ड प्राप्त गरेको छ ।

यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बडाउनमा गरेको महत्वपूर्ण योगदानको सम्मानस्वरूप प्रदान गरिएको हो ।

एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

 
 
विहीबार, ११ मंसिर २०८२, १७ : ०२

प्रतिक्रिया