काठमाडौं– प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) अशोक शेरचनलाई प्रहरीले पक्राउ गरेपछि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निरज लम्साललाई दिइएको छ ।
आइतबार प्रमुख कार्यकारी अधिकृत शेरचनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले पक्राउ गरेपछि कार्यवाहको जिम्मेवारी लम्साललाई दिइएको प्रभु बैंकका सूचना अधिकृत रविन्द्र ढकालले जानकारी दिए ।
सूचना अधिकृत ढकालका अनुसार बैंकको नियमित कार्य सञ्चालनका लागि वरिष्ठताका आधारमा आइतबार नै लम्साललाई कार्यवाहक सिइओको जिम्मेवारी दिइएको हो ।
प्रतिक्रिया