सिद्धार्थ बैंकको कामु सीइओमा रामेश्वर प्रसाद बस्याल नियुक्त

बुधबार, १७ मंसिर २०८२, ११ : २०

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्।

बैंकका सीईओ रहेका सुन्दर प्रसाद कँडेलको ४ वर्षे कार्यकाल मंसिर २६ गतेबाट समाप्त हुँदैछ। सीइओको पदावधि सकिन लागेकाले बैंकको मंसिर १६ गत बसेको सञ्चालक समितिको बैठकले हाल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीइओ) बस्याललाई कामु सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनलाई मंसिर २७ गतेदेखि लागू हुने गरी कामु सीइओ पदमा नियुक्त गरिएको हो ।

 
 
बुधबार, १७ मंसिर २०८२, ११ : २०

प्रतिक्रिया