आज अन्तरराष्ट्रिय बैंक दिवस

विहीबार, १८ मंसिर २०८२, १० : ३२

काठमाडौं- आज अन्तरराष्ट्रिय बैंक दिवस परेको छ । यो दिवस संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न मुलुकमा मनाइन्छ।

बैंक तथा वित्तीय संस्थाहरूलाई दिगो विकास लक्ष्य कार्यान्वयन, जलवायु अनुकूल वित्त, जीवनस्तर सुधार र समावेशी आर्थिक विकासमा सक्रिय भूमिका निर्वाहमा प्रेरित गर्नु यो दिवसको लक्ष्य हो ।

संयुक्त राष्ट्र संघको महासभाले सन् २०१९ मा अन्तर्राष्ट्रिय बैंक दिवस मनाउने निर्णय गरेको थियो । जसको पहिलो उत्सव डिसेम्बर ४, २०२० मा मनाइएको थियो। संयुक्त राष्ट्र संघको महासभाले डिसेम्बर १९, २०१९ मा एक प्रस्ताव पारित गरेको थियो, जसमा डिसेम्बर ४ लाई यो दिवस मनाउने वार्षिक मिति तोकिएको हो ।

महासभाले सदस्य देशका जनताको जीवनस्तर सुधार गर्न बैंकिङ प्रणालीको महत्त्वपूर्ण भूमिका रहेको ठहर गर्दै यो दिवस मनाउने निर्णय गरेको हो । सेप्टेम्बर २०१५ मा बसेको महासभाले २०३० सम्ममा यी लक्ष्यहरूको पूर्ण कार्यान्वयन गर्ने लक्ष्यसहित दिगो विकास लक्ष्य र लक्ष्यहरूको एक व्यापक, जनकेन्द्रित, विश्वव्यापी र रूपान्तरणकारी योजना अपनाएको थियो । यही लक्ष्य पूरा गर्नका लागि यो दिवस मनाउन थालिएको राष्ट्र संघले जनाएको छ ।

नेपालमा भने बैंक दिवस खासै मनाउने गरिएको छैन ।

 
 
विहीबार, १८ मंसिर २०८२, १० : ३२

प्रतिक्रिया