टाटा मोटर्सले ल्यायो टियागो ईभीमा आकर्षक अफर

विहीबार, १८ मंसिर २०८२, १३ : २८

काठमाडौं- टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा टियागो ईभीका लागि आकर्षक योजना सार्वजनिक गर्दै ‘ग्रेटेस अफर अझ अल टाइम’ अफर घोषणा गरेको छ । 

यो अफर अन्तर्गत ग्राहकहरूले सवारी खरिदसँगै आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्ने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार यस अफरको मुख्य आकर्षणअन्तर्गत ग्राहकले तीन उत्कृष्ट उपहार विकल्पमध्ये कुनै एक बाली भ्रमण जोडीका लागि,आइफोन १७ प्रो म्याक्स, वा सबैभन्दा ठूलो नगद छुट रोज्न सक्नेछन् । 

यस योजनामा थप रूपमा सर्वश्रेष्ठ एक्सचेन्ज मूल्य, जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एक्सेसरीज, तथा फ्री होम चार्जर इन्स्टलेसन जस्ता मूल्यवान सुविधाहरू समेटिएका छन् । 

 
विहीबार, १८ मंसिर २०८२, १३ : २८

प्रतिक्रिया